
६ फागुन ,धादिङ
२८ औ प्याब्सन दिवसको अवसरमा छैंटौ प्याब्सन पे्रसीडेन्ट कप समापन समारोह आईतबार धादिङवेशीमा सम्पन्न भएको छ ।
निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन धादिङले आयोजना गरेको पे्रसीडेन्ट कप २०७४ सम्पन्न भएको हो । स्वास्थ्यका लागी खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ फाल्गुण ४ गतेदेखी ६ गते सम्म संचालन भएको थियो ।
निजी तथा आवसीय विद्यालय अर्गाईजेसन नेपाल प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीको शभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्याब्सन कार्य समितीका उपाध्यक्ष डी.के.ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो ।
अन्तर विद्यालय स्तरीय यस प्रतियोगितामा प्याब्सनमा आवद्ध भएका ३८ विद्यालयको सहयोग रहेको थियो । कार्यक्रममा विभिन्न भएको खेलमा प्रथम द्धितिय तृतिय विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
२०७४ फागुन ६ गते प्रकाशित