Sat. Jul 5th, 2025

प्रहरी हवल्दार घुससहित पक्राउ

६ फागुन, काठमाडौं

जिल्ला प्रहरी कार्यालय, म्याग्दी मातहतमा रहेको प्रहरी चौकी पाखापानीका प्रहरी हवल्दार कुलबहादुर विसी घुस लिँदालिँदै पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

प्रहरी जवान पदमा भर्ना गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा उनलाई म्याग्दी बसपार्कमा घुस लिँदालिँदै पक्राउ गरिएको अायोगका प्रवक्ता पदमप्रसाद पाण्डेले बताए ।

उनका अनुसार थप अनुसन्धान भइरहेको छ ।

२०७४ फागुन ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: