Sat. Jul 5th, 2025

स्थानीय तहका लागि ३० नमुना कानुन


७ फागुन,  काठमाडौँ

स्थानीय तह सञ्चालनका लागि सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र ३० वटा नमुना कानुन् बताएको छ ।

ऐन लागु भईसकेको छ भने नमुना कानुन् पनि अधिकांश स्थानीय तहमा लागु भएका छन् । संघीय तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि ७ स य ५३ वटै स्थानीय तहमा ३० वटा नमुना ऐन, नियमावली, नमुना कार्यविधि पठाएको छ ।

मन्त्रालयले पठाएको नमुना काुननमध्ये अधिकांश कानुन २ नम्बर प्रदेशबाहे अन्य प्रदेशका स्थानीय तहले लागु गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिव तथा संघीय मामिला महाशाखाका छवि रिजालले भने, मन्त्रालयले पठाएको करिव ३० वटा नमुना कानुन् र नमुना कार्यविधि स्थानीय तहले अध्ययन र छलफल गरी त्यसलाई परिमार्जन समेत गरेर लागु गर्न सक्छन् । नागरिक दैनिकबाट

२०७४ फागुन ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: