८ फागुन, धादिङ ।
नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको नेपाल बन्दको कारण धादिङको जनजिवन प्रभावित बनेका छन् । विहानैदेखी धादिङबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । पसल तथा होटलहरु छिटफुट रुपमा खोलेपनी अधिकांश पसलहरु भने बन्द रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु बजार क्षेत्रमा देखीएका छैनन् । चोकचोकमा प्रहरीको बाक्लो उपस्थिती रहेको छ । बन्दको समयमा हुन सक्ने दुर्घटनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यलय धादिङले सुरक्षा अवस्था कडा पारेको छ । प्रहरीले ठाउँठाउँमा गस्ति बढाएको छ । राजमार्ग क्षेत्रमा भने प्रहरीले सुरक्षा दिएर सवारीका साधनहरुलाई गन्तव्यमा पु¥याउने काम गरीरहेको छ । ।
२०७४ फागुन ८ गते प्रकाशित