Sat. Jul 5th, 2025

होली खेल्दै हुनुहुन्छ ?छालाको क्यान्सर होला

१७ फागुन,काठमाण्डौ ।
रङहरुको उत्सव मनाउँदा स्वास्थ्यमा पनि ध्यान दिनु पर्दछ । तर, बजारमा पाइने रङहरुमा विभिन्न रासायनिक पदार्थहरुको मिसावट हुने भएकाले यसबाट छालामा साधारण असर हुने देखि छालाको क्यान्सरसम्म हुनसक्ने सम्भावना रहन्छ ।

बजारमा पाइने धेरैजसो रङहरुमा रसायन मिसाइएकाले यसले छालामा क्यान्सर हुने डाक्टरहरुको भनाइ छ ।रक्तचन्दन, बेसार तथा अबिरले फागु खेल्दा स्वास्थ्यमा हानी गर्दैन । सिसा नमिसाइएको गुणस्तरीय अबिरले स्वास्थ्यमा खासै हानी गर्दैन ।

तर आजकाल बजारमा अबिरमा पनि रसायन मिसाउन थालेकाले अबिर किन्दा सावधान हुनु पर्दछ ।रङको असरबाट छालालाई जोगाउनका लागि फागु खेल्नु अगाडि छालामा तथा केसमा क्रिम वा तेल लगाउने गर्दा रङ खेलिसकेपछि यसलाई हटाउन सहज हुन्छ ।फागु खेल्दा सकेसम्म पूरै शरीर ढाक्ने पहिरन लगाउने गर्दा पनि छालालाई बचाउन सकिन्छ ।

२०७४ फागुन १७ गते प्रकाशित
कारोबार दैनीकबाट

About The Author

अन्य समाचारहरु: