Sat. Jul 5th, 2025

केन्द्र सरकारले कानून नदिँदा काम गर्न अप्ठेरो भयो : मन्त्री जम्मरकट्टेल


 

२१ फागुन, हेटौंडा

प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मरकट्टेलले केन्द्र सरकारले कानून नबनाइदिँदा प्रदेश सरकार अन्योलमा परेको बताएका छन् ।

सोमबार हेटौंडामा आयोजित कार्यक्रममा उनले केन्द्र सरकारलाई कानून निर्माण गर्न प्रदेश तहबाटै झकझक्याउन आवश्यक रहेको बताए । सरकारले कानून नबनाउँदा प्रदेश र स्थानीय सरकारलाई काम गर्न असहज भएको मन्त्री जम्मरकट्टेलको भनाइ छ ।

अब केन्द्र सरकारको मुख नताकी आफै कानून बनाउने उनले बताए । ‘हामी पनि जनताबाटै निर्वाचित भएका हौं, त्यसैले आफै कानून बनाउने जमर्कोमा लागेका छौं’ मन्त्री जम्मरकट्टेलले भने ।

प्रदेश सरकारले तयार गर्ने कानूनले कसैलाई अन्याय नगर्ने भन्दै उनले यस्ता कानूनले जनता र व्यवसायी सबैको हितमा हुने दावी गरे ।

टेम्पो तथा मझौला यातायात व्यवसायी संघको २६ औं साधारण सभामा मन्त्री जम्मरकट्टेलले सरकारले २० वर्ष पुराना गाडी हटाउने निर्णय गरिसकेकाले यसको विरोध भन्दा विकल्प खोजी गर्न व्यवसायीलाई आग्रह गरे

२०७४ फागुन २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: