Sat. Jul 5th, 2025

१७ वटा मन्त्रालयको संरचना फेर्ने सरकारको तयारी

२२ फागुन, काठमाण्डौ ।
सरकारले १७ वटै मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यलयको प्रशासनिक संरचना फेरबदल गर्ने तयारी गरेको छ।मन्त्रालय तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक संरचना फेरबदल गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालका सचिव दिनहुँ बैठक हुने गरेको छ।

प्रधानमन्त्री कार्यालका एक कर्मचारीका अनुसार कुन मन्त्रालयमा कति कर्मचारी राख्ने, शाखा, महाशाखा कति राख्ने, विभागहरू कति राख्ने भन्नेबारेमा विषयगत रुपमा छलफल भइरको छ। बैठक अझै केही दिन जारी रहने ती कर्मचारीले बताए। बैठकमा सबै मन्त्रालयबाट प्रतिनिधित्व गराइएको छ।

संगठन व्यवस्थापन ुसर्भे तयार गर्न छुट्टाछुट्टै समूह बनाएर छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका कर्मचारी बताउँछन ।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयमा सल्लाहकार समूह तथा विज्ञ समूहको दरबन्दी स्थायीरूपमै राख्ने तयारी भएको छ। स्थायी दरबन्दी कायम भएमा प्रधानमन्त्री फेरिनेबित्तिकै व्यक्ति फेरिन्छन तर दरबन्दी भने कायमै रहन्छ ।,
नागरिक दैनिकबाट ।
२०७४ फागुन २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: