Sat. Jul 5th, 2025

गोरखामा माइक्रो बस दुर्घटना, एक जनाको मृत्यु

२३ फागुन,  गोरखा

गोरखामा माइक्रो बस दुर्घटना हुँदा एकको घटना स्थलमा नै मृत्यु भएको छ ।

गोरखा नगरपालिका–१० टक्सारमा भएको दुर्घटनामा १६ जना घाईते भएका छन् । गोरखाबाट आबुखैरेनीतर्फ जाँदै गरेको ३ ख ४६५८ नम्बरको  माइक्रो बस बुधबार ब्रेक फेल भएका कारण दुर्घटनाग्रस्त हुन पुगेको हो।

दुर्घटनामा अन्दाजी १६ वर्षीया शारदा गौलीको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । घाईतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।

२०७४ फागुन २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: