Sat. Jul 5th, 2025

श्रमिक महिला दिवसमा गजुरीमा लैङिगक हिंसा विरुद्ध प्रर्दशन


२३ फागुन,  धादिङ

१ सय ८ औँ श्रमिक महिला दिवसको अवसर पारेर धादिङको गजुरीमा लैङिगक हिंसा विरुद्ध प्रर्दशन गरिएको छ ।

गजुरी गाउँपालिकाको आयोजना तथा सहयात्री समाज नेपाल र केयर नेपाल लगायतको संस्थाको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा न्याय सम्पादनका विषयमा अन्र्तक्रिया कार्यक्रम समेत गरिएको थियो । गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका स्थानीयहरुको उपस्थिति रहेको कार्यक्रममा आफ्ना गाउँठाउँमा भएका समस्या तथा घटनाहरुलाई समेत प्रस्तुत गरिएको थियो ।

गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुङगानाको अध्यक्षतामा भएको कार्यक्रमममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख बिन्दा बरामु नेपालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी नायव उपरीक्षक रामबहादुर केसी लगायतको सहभागीता रहेको थियो ।

२०७४ फागुन २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: