

२४ फागुन, धादिङ
धादिङमा पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रम संचालन गरिएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आयोजना तथा प्रेस काउन्सिल नेपालको सहयोगमा कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारले अविश्वास पैदा गर्ने खालका समाचार सामाग्रीले पत्रकारिता पेशा ओरालो लाग्ने भएकाले सत्य र तथ्यमा आधारित पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरे । प्रत्येक संचारमाध्यमले पत्रकार आचारसंहितालाई ख्याल गरेर पत्रकारिता गर्न सबैलाई आग्रह गरे । श्रमजीवी पत्रकारहरुको समस्या समाधान गर्न प्रेस काउन्सिल नेपाल अग्रसर रहेको उल्लेख गर्दै पत्रकारलाई लेखन कार्यमा उप्रेरितका लागि काउन्सिल सदैव तत्पर रहेको बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघको शुद्धिकरणमा पहल गर्ने बताए । उनले पत्रकारीता पेसामा मर्यादित भएर काम गर्न पत्रकारलाई आग्रह गरे । उनले आचारसंहिता उलंघन गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गरिने स्पष्ट पारे ।
पत्रकारितालाई मर्यादित, विश्वासनिय र राष्ट्र र जनताको पक्षमा पत्रकारिता क्षेत्रलाई अभैm प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको महासंघले जानकारी दिएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा भएको कार्यक्रममा सूचना विभागका महानिर्देशक बीरबहादुर राई, प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारी, सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिभि राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
२०७४ फागुन २४ गते प्रकाशित