Sat. Jul 5th, 2025

महरा प्रतिनिधि सभाको सभामुखमा निर्वाचित


२६ फागुन, काठमाडौं

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख निर्वाचित भएका छन् ।सभामुखमा एक्लो उम्मेदवारी परेपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सर्वसम्मत सभामुख निर्वाचित गरेको हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले एकल उम्मेदवारी परेका महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे।

एमाले नेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा महरा सभामुख निर्वाचित भएका हुन्। सभामुखमा प्रमुख विपक्षी कांग्रेसले पनि महरालाई समर्थन गरेको छ। सभामुखमा उम्मेदवारी नदिएको कांग्रेस नेता मिनेन्द्र रिजालले महरालाई ‘भद्र र शालिन’ नेताको संज्ञा दिंदै उनको नेतृत्वमा रहने संसदले निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

महरा गएको प्रतिनिधिसभा निर्वाचनमा दाङ– २ बाट निर्वाचित भएका थिए।

२०७४ फागुन २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: