Sat. Jul 5th, 2025

राष्ट्रियसभा अध्यक्षको उम्मेद्वारी दर्ता आज

२८ फागुन,  काठमाडौँ –

राष्ट्रियसभा अध्यक्षका लागि सोमबार बिहान उम्मेद्वारी दर्ता हुँदैछ । बुधबार हुने निर्वाचनका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिएको हो ।

संघीय संसद सचिवालयका अनुसार साढे १ बजे उम्मेद्वारको नामावली सार्वजनिक गरिने कार्यक्रम रहेको छ।

सभामुखमा माओवादीका कृष्णबहादुर महरा निर्वाचित भएसँगै राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ।

२०७४ फागुन २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: