Sat. Jul 5th, 2025

प्रताप दासको स्वरमा अनुरागको नयाँ लिरिकल भिडियो सार्वजनिक


२८ फागुन,  काठमाडौं–

चलचित्र अनुरागको नयाँ लिरिकल भिडियो सार्वजनिक भएको छ । नेपाल आइडलका सेकेण्ड रनरअप प्रताप दासको स्वरमा रहेको ‘तिम्रो स्वरमा स्वर मिलाई।।’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतमा सरोज पोखरेलको संगीत रहेको छ भने शब्द सत्य राज चौलागाईं छ । लिरिकल भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’ आउँदो जेठ ११ गते देशभर प्रदर्शनमा आउँदैछ । ‘अनुराग’मा नायिका एलिजा गौतमका साथै नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ । साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौलालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्मस् ब्यानरमा तयार पारिएको हो। चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुती रहेको ‘अनुराग’ फिल्ममा भरत गौतम र गीता भेटवालको लगानी रहेका छ । सो फिल्ममा लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् ।

फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।

२०७४ फागुन २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: