
४ चैत, धादिङ
गायक राजकुमार बानियाले कोहीले भन्छन् के नामक पञ्चेवाजा गीत सार्वजनिक गरेका छन् ।
नेपाली लोक बजारमा दैनिक विविध लोक सङ्गितहरु उतर्ने गर्छन १ जुन यथार्थ ब्यथालाइ गीति कथा बनाएर प्रस्तुत गर्ने गरिन्छ त्यस्तै मौलिकता बोकेको गित अहिले बजारमा आएको छ ।
गायक राजकुमार बानिया र सन्तोष बानियाको उत्कृष्ट लय तथा सब्द सिर्जना रहेको यस गीतमा विहे गर्ने युवा युवतिहरुको कथालाई विषयबस्तु बनाइएको छ ।
साच्चैको बिहेमा छायांकन गरिएको यो पन्चे बाजाको गीतमा राजकुमार बाँनिया र रिया गुरुङको आवाज रहेको छ ।
२०७४ चैत ४ गते प्रकाशित