Wed. May 14th, 2025

​नेपाल आइडल बुद्ध लामाको पहिलो गीत ‘तिमी साथ भएपछि‘’ सार्वजनिक (भिडियोसहित)


५ चैत,  धादिङ –

नेपाल आइडल’ का बिजेता बुद्ध लामा पहिलो पटक आफ्नै गीत-गजल लिएर दर्शक तथा श्रोता माझ आएका छन् । अमेरिकामा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि‘’ बोलको गजलमार्फत गायक लामा दर्शकमाझ आएका हुन् । गजलकार वाग्लकै गजलगृह नामक च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।

हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजललाई गोपाल रसाईलीले संगीत संयोजन गरेका हुन् । चन्द्र चौधरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको उक्त गीत अकेष्टिक नेपालमा रेकर्ड गरिएको हो ।

अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा चलचित्रका लोकप्रिय जोडी पल शाह तथा आँचल शर्माले अभिनय गरेका छन् । अभिनेता पल तथा अभिनेत्री आँचलले भिडियोमा गजल भावना अनुसारको अभिनय गरेका छन् ।

२०७४ चैत ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: