
१८ चैत्र ,धादिङ
युवा गायक अमर राईको स्वरमा सजिएको ”चञ्चले नानीले” बोलको गीत सार्वजनिक भएको छ ।
मणिपाल राईको शब्द र संगीत रहेको गीतको भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेल देखिएकी छिन । संवत यो जोडी पहिलो पटकसँगै देखिएको हो ।
भिडियोमा यी दुईको जोडीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । भिडियोमा विल्सनले शिल्पालाई मन पराउछन । यी दुईको प्रेमभावलाई नै भिडियोमा देख्न सकिन्छ ।
गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् ।गीतमा उत्तम हुमागाईंको छायाँकन र बिकाश धमलाको सम्पादन रहेको छ । गीतलाई पछिल्लो समय अति नै ब्यस्त मानिएका निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् ।
https://www.youtube.com/watch?v=hzlVwGpMivA&feature=share
२०७४ चैत १८ गते प्रकाशित