Mon. May 12th, 2025

धादिङका कँडेल र गिरि गायन प्रतियोगीताको फाइनलमा

९ बैशाख,  धादिङ –

राष्ट्रिय स्तरको गायन प्रतियोगीता लैवरी सिङगिङ स्टारमा धादिङका कृशल कँडेल र अवनिश गिरि फाइनलमा पुगेका छन । हिमालय टेलिभिजनबाट हरेक सोमबार ८ बजे प्रशारण हुने उक्त गायन प्रतियोगीताको फाइनल आगामी बैशाख २० गते काठमाण्डौमा हुँदैछ ।

नीलकण्ठ नगरपालिका वडा नं ८ साँघुटार घर भएका कृशल हाल नीलकण्ठ उच्च माद्यमिक विद्यालयबाट एस इ इ दिएर बसेका छन भने गिरि अहिले एडभान्स एकेडेमीमा कक्षा ९ मा पढ्दै छन् । उत्कृष्ट दशबाट प्रस्तुती दिदै दर्शकहरुको भोटका आधारमा उनीहरु उत्कृष्ट ५ भित्र पर्दै फाइनल प्रवेश गरेका हुन । त्यस्तै काठमाण्डौमै बस्दै आएकी धादिङकै रोस्ना वाइवा पनि लैवरी सिङगिङ स्टार जुनियर तर्फको फाइनलमा पुगेकी छिन ।

एस एम एस भोटिङ र निर्णायकको मतका आधारमा छनौट हुने उक्त प्रतियोगीतामा अहिलेसम्मको यात्रामा पनि दर्शकहरुको माया पाएरै फाइनलमा पुगेकाले आफुलाइ धेरै भन्दा धेरै भोट गरेर जिताउन कृशलले आग्रह गरेका छन । कृशलका बुवा मोहन बहादुर कँडेलले भने, ‘कृशलले निर्णायकबाट राम्रै प्रशंसा पाइरहेकोले अव उपाधि जित्नको लागि दर्शकको भोटको खाँचो परेको छ ।’
कँडेललाइ भोट गर्नको लागि मोवाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा ीब्क्ष्द्यब्च्क्ष् टाइप गरि एक स्पेस दिएर ः टाइप गरि ३५२२५ मा सेन्ड गर्नुपर्दछ ।

२०७५ बैशाख ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: