Sat. Jul 5th, 2025

बुढीगण्डकीमा टिपर खस्दा चालकको मृत्यु

 

२६ बैशाख, धादिङ –

गण्डकी गाउँपालिका वडा नम्बर ८ बेनिघाटस्थित चिउरीगौडा भन्ने ठाउँमा राती १ बजे टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

बा ४ ख ९५०६ नम्बरको टिपर सडकबाट करिब दुई सय मिटर तल बुढीगण्डकी नदीमा खस्दा चालक नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका ५ का २७ वर्षिय सन्तोष सापकोटाको ज्यान गएको हो।दुर्घटनामा सह–चालक २१ वर्षिय रबिन्द नेपाल गम्भीर घाईते भएका छन् ।

ट्राफिक प्रमुख दयाराम पौडेलका अनुसार उनको गजुरीस्थित एक अस्पतालमा उपचार भइरहेको छ । मध्येरातमा भएको दुर्घटनाको कारण भने खुल्न सकेको छैन । अनुसन्धान भईरहेको ट्राफिक प्रहरीले जनाएको छ । उक्त टिपर बेनिघाटबाट दर्बुङ तर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो।

२०७५ बैशाख २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: