Sat. Jul 5th, 2025

परराष्ट्रमन्त्रीले गराए मोदीको भ्रमणबारे संसदमा जानकारी

२६ बैशाख,काठमाडौँ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने औपचारिक नेपाल भ्रमणको बारेमा प्रतिनिधिसभालाई जानकारी गराएको छ ।
ज्ञवालीले जानकारी गराए अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा यही बैशाख २८ र २९ गतेका लागि नेपाल भ्रमणमा आउन लागेका हुन् ।

बैशाख २८ गते मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनसंग भेटवार्ता गर्ने छन् । त्यसैगरी सोही दिन प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच भेटवार्ताको कार्यक्रम रहेको छ ।

त्यस्तै काठमाडौं महानगरपालिका र जनकपुर उपनगरपालिकाले मोदीको नागरिक अभिनन्दन गर्ने छन् भने जनकपुरबाटै ओली र मोदीले संयुक्त रुपमा रामायण सर्किट र जनकपुर–आयोध्याबीचको सिधा बस सेवा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मोदीले जनकपुरको जानकी मन्दिर र मुस्ताङको मुक्तिनाथमा पुजा गर्ने कार्यक्रम रहेको छ ।

२०७५ बैशाख २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: