Sat. Jul 5th, 2025

पत्रकार महासंघ ३ नम्बर प्रदेशको सपथ तथा पदस्थापन


२७ बैशाख,  हेटौँडा –

नेपाल पत्रकार महासंघ प्रदेश नंबर ३ को पदाधिकारी तथा सदस्यहरुले सपथग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा बुधबार हेटौँडामा आयोजना भएको कार्यक्रममा प्रदेश पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरुले सपथग्रहण गरेका हुन् ।

सपथग्रहण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले प्रदेश अध्यक्ष सहितका कार्यसमिति सदस्यहरुलाई सपथग्रहण गराएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमसख अतिथि एवम प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले नेपालको हरेक सकारात्मक आन्दोलनमा पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको भन्दै उनले प्रदेश महासंघलाई हरेक पाईलामा सहयोग गर्ने बताए । उनले पहिलो पटक स्थापना भएको महासंघलाई भवन निर्माण तथा कार्यालय ब्यवस्थापनमा महत्वपूर्ण सहयोग हुने बताए ।

सपथग्रहण पछि बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश नंबर ३ का अध्यक्ष प्रताप विष्टले पत्रकारको क्षमता अभिबृत्ति तथा हक अधिकार र न्युनतम पारिश्रमिकमा आफुहरुको ध्यान जाने बताए ।

२०७५ बैशाख २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: