

१ जेठ, काठमाडौं –
मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पोखरेललाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त तथा पदस्थापन गर्ने निर्णय गरेको थियो ।
बैंकिङ्ग क्षेत्रमा करिव २८ वर्ष लामो अनुभव संगाल्नु भएका श्री पोखरेलले, संस्थापक प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका छन् ।
बैंक संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ्ग सेवा सुरु गरी करिब १९ वर्ष उक्त बैकको विभिन्न विभागहरुको जिम्मेवारी वहन गरेका थिए ।
सो पश्चात उनले ६ वर्ष मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मंसिर १९ गते देखि मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
२०७५ जेठ १ गते प्रकाशित