
३ जेठ, धादिङ –
धादिङमा भएको दुई छुट्ट–छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाईते भएका छन् ।
गए राती कालुपाण्डे मार्गको मलेखु धादिङ सडक खण्डमा पर्ने च्याडु खोलामा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पृथ्वी राजमार्गको थाक्रे गाँउपालीका स्थित दश किलोमा भएको मोटर साईकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
मलेखुबाट गिट्टी लियर धादिङबेसीको सदरमुकामतर्फ आउदै गर्दा नीलकण्ड नगरपालीकाको च्याडु भन्ने स्थानमा ना ३ ख ६१४३ नम्वरको ट्रक दुर्घटना हुदा ट्रकका मालिक त्रिपुरा सुन्दरी गाँउपालीका घर भई नीलकण्ठ नगरपालीका बस्दै आएका अन्दाजी २६ वर्षको गोकुल उपाध्यको मृत्यु भएको जिल्ला प्रहरीकार्यालय धादिङले जनाएको छ । दुर्घटनामा अन्य चार जान घाईते भएका छन् ।
घाईते मध्य चालकको अवस्था गम्भिर रहेको र निजको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भई रहेकोे छ ।
यसैगरी पृथ्वी राजमार्गको थाक्रेमा हिजो बस र मोटर साईकल मोटर साईल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटानमा परी मोटर साईलमा सवार ललितपुरको कुपण्डोल नीवासी २३ वर्षीय अक्षय तण्डुकारको मृत्यु भएको छ भने मोटर साईकलमा सवार र सोही ठाँउका अन्दाजी २२ वर्षीय निकेस तण्डुकारका घाईते भएको छ ।
चितवनबाट काठमाण्डौतर्फ जाँदै गरेको बा८९ प७९६१ मोटर साईकल र विपरित दिशाबाट आउदै गरेको ग १ ख ६९२७ नम्वरको बससंग ठक्कर खाँदा उनिहरु दुर्घटनामा परेको हो ।
२०७५ जेठ ३ गते प्रकाशित