Sat. Jul 5th, 2025

लागूऔषधसहित दुई जना पक्राउ

६ जेठ, काठमाडौं –

महागनरीय प्रहरी वृत्त, कमलपोखरीले लागूऔषध एम्पुल ट्याबलेटहरुसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज–२२, विन्दवासिनी टोलका २६ वर्षीय राजनन्दन यादव र सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरका ३२ वर्षीय मुकेशकुमार शाह छन् ।

रत्नपार्क इलाकामा अवैध लागूऔषध बेचबिखन हुन लागेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट नाइट्राभेज ६०० वटा, डाइजेल्याब ५ सय, नुफिन १३ सय वटा, फेनेरागन २ सय वटा र ल्याबोरेट एम्पुल ५ सय वटा बरामद गरेको छ ।

२०७५ जेठ ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: