

१३ जेठ, धादिङ –
भूकम्पपछि घर निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गनुर्नपर्ने नियम लागुगरेपछि लाभग्राहीले सास्ती बेहार्नु परेको भूकम्प पीडितले गुनासो गरेका छन् । गल्छी गाउँपालिका–२ केउरीनीमा अनिबार गाउँपालिका र इन्सेकद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सम्झौता गरेको नौ महिनामा समेत पहिलो किस्ता नपाएको गुनासो गरेका छन् ।
गाउँपालिकाले तय गरेको गरेको नक्सा पासको नियम अनुसार एउटा घरवालाले नक्सा पासका लागि काम गर्दा गाउँपालिकामा रहेका एक जना प्राविधिकले खर्च लाग्ने भन्दै रकम असुलेको र घर पास गरिदिन्छु भन्दै गाउँमा पुनर्निर्माणका लागि खटिएका प्राविधिकले रकम मागेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले गुनसो गरेका छन् ।
बिल लिएरमात्र गाउँपालिका र वडामा राजश्व तिर्न तिरेको रसिद लिन र कसैले अतिरिक्त शुल्क मागेमा गाउँपालिकाकोअध्यक्ष र उपाध्यक्षसमक्ष गुनासो गर्न आग्रह गर्दै अनियमित काम गर्नेलाई कारबाही गरिने गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सीनाले बताइन् । गल्छी गाउँपालिकाको गरेका कामको समिक्षा सहित लाभग्राहीको समस्या समाधानका विषयमा सहभागिहरुले जिज्ञासा राखेका थिए ।
तेश्रो किस्ताको सिफारिस भएको तर गल्छी गाउँपालिकाको वडा न।ं १, २ र ३ मा कस्लेपनि तेश्रो किस्ता नपाएको, तेश्रो किस्ताको लागि फारम भर्न समेत नभएकोले तेश्रो किस्ताको सिफारिस गर्न समेत नसकिएको र अर्को सातापछि नियमित काम संचालन तेश्रो किस्ताको सिफारित गरिने २ न।ं वडाअध्यक्ष षडानन्द खनालले बताए ।
घर लडेर ध्वस्त भएको तर लाभग्राहीको सूचीमा नपरेकोले अपांगता भएका मेनबहादुर मल्लले कसरी सरकारको भुकम्प पीडित अनुदान पाउने रु भन्ने जिज्ञासा राखिएको थियो ।
गाउँपालिका उपाध्यक्ष राधा तिमल्सीना, वडाअध्यक्षहरु पूर्णप्रसाद खतिवडा, षडानन्द खनाल र कपिल रेग्मीले सहभागिहरुले सोधेका जिज्ञासाको जवाफ दिएका थिए । गुनासोहरुको सम्बोधन गरिने, लाभग्राही सूचीमा परेर रकम नपाएकाले तत्काल वडामा सम्पर्क गरि समस्या समाधान गर्न र गाउँपालिकाले तय गरेको नक्सा पासको व्यवस्थालाई सरल तरिकाले लागु गर्न सहभागिहरुलाई आग्रह गरिएको थियो ।
२०७५ जेठ १३ गते प्रकाशित