
१५ जेठ, धादिङ –
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा धादिङ जिल्लामा मानवअधिकारको वस्तुस्थितिको अनुगमन गरेको छ ।
स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत गल्छी गाउँपालिका–८ गोगनपानीमा रहेको बालअधिकार चेतना समूह, मानवअधिकार निगरानीय समूहसंग आर्थिक सामाजिक र साँस्कृति अधिकारका बारेमा छलफल अनुगमन गरिएको हो ।
यसैगरि मानवअधिकारको अवस्थाको बारेमा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, प्रहरी उपरिक्षक डम्बर बहादुर वि.क.लगायतका जिल्लामा नागरिक सुमाजसंग भमानवअधिकार अवस्थाको बारेमा जानकारी लिएको इन्सेकका कृष्ण गौतमले जानकारी दिए । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले मानवअधिकारका लागि सरकारका निकायहरु प्रतिवद्ध रहेको बताए ।
इन्सेका क्षेत्रीय संयोजक कृष्ण गौताम, इन्सेक केन्द्रीय कार्यालयका प्रेम पराजुली, क्षेत्रीय कार्यालयका गणेश भण्डारीले अनुगमनमा सहभागी थिए ।
२०७५ जेठ १५ गते प्रकाशित