
१६ जेठ, धादिङ –
थाक्रे गाउँपालिकाले सवै प्रकारको करहरुलाई एकिकृत गरि सम्पत्तिको आधारमा कर लगाउने सम्वन्धमा आवश्यक परामर्श, छलफल तथा प्रावधानहरुका सन्दर्भमा थाक्रेको सम्पुर्ण जनप्रतिनीधिहरु तथा कर्मचारीहरुविच २ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
पुरानो घर जग्गा करलाइ प्रतिस्थापन गरेर एकै प्रकारको बैज्ञानिक करको रुपमा एकिकृत सम्पती कर लागु गर्नको लागि गाउँसभा सदस्यहरुलाइ अभिमुखीकरण कार्यक्रम राखिएको थाक्रे गाउँपालिकाले जनाएको छ । अभिमुखीकरण कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकृत केशव पार्देले सहजीकरण गर्नुभएको थियो । एकिृकत सम्पती कर लागु गरिसकेपछि राजश्व पनि बढ्ने र कर प्रणाली बैज्ञानिक हुने विश्वास रहेको थाक्रे गाउँपालिकाका उपाध्यक्ष अम्विका रुपाखेतीले बताईन्।
त्यस्तै गल्छी र त्रिपुरासुन्दरी गाउँपालिकाका गाउँसभा सदस्यहरुलाइ नेतृत्व विकास र गाउ सरकार संचालनको विषयमा प्रशिक्षण दिइएको छ । स्थानीय सरकार संचालन ऐनमा भएका ब्यवस्था र कामकर्तब्यबारे पनि जनप्रतिनिधिहरुलाइ पुर्ण जानकारी नभएकाले वडा अध्यक्ष, सचिव र वडा सदस्यमा निर्वाचित भएकाहरुका लागि समेत प्रशिक्षणको ब्यवस्था मिलाइएको हो ।
प्रशिक्षणमा वडा समितिका काम कर्तब्य अधिकार, सिफारिस गर्न पाउने क्षेत्रहरु, योजना तर्जूमाको प्रक्रिया र चरणहरु, बजेट विनियोजन कार्यन्वयन र अनुगमनका विषयहरु, नेतृत्व विकास, सकारात्मक सोच, आयोजना कार्यनवयन, उपभोक्ता समितिको गठन तथा परिचालन, संघिय संरचनाको तहगत ब्यवस्था तथा समग्र विकास र निर्माणमा वडा समितिको काम कर्तब्यबारे जानकारी गराइएको छ । यो प्रशिक्षण क्रमिक रुपमा जिल्लाका सवै गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरुको लगि संचालन गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।
२०७५ जेठ १६ गते प्रकाशित