Sat. Jul 5th, 2025

विश्व धुम्रपान रहित दिवस : नेपालमा सुर्तीसेवनबाट बर्सेनि २५ हजारभन्दा बढीको मृत्यु

१७ जेठ,  धादिङ –

सुर्तीजन्य पदार्थको सेवन र हृदयरोगको सम्भावना भन्ने नाराका साथ बिहिबार विश्व धुम्रपान तथा सुर्ती रहित दिवस मनाइँदैछ ।

धुमपानका कारण हुने क्षति न्युनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा सुर्तीजन्य पदार्थकै कारण बर्सेनि २५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ । चुरोट सुर्तीले खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्छ । धुमपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको छ भने पछिल्लो तथ्याङले कलेजोमा पनि असर पर्ने देखाएको छ ।

गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन् । सुर्तीजन्य पदार्थको प्रयोगले बर्सेनि हजारौँ मानिसले क्यान्सर, मुटु, हृदयाघात, स्ट्रोकजस्ता समस्याबाट ज्यान गुमाउने पनि सरकारले जनाएको छ ।

२०७५ जेठ १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: