Sat. Jul 5th, 2025

पाल्पामा बस दुर्घटना, बाह्र जनाको मृत्यु

१८ जेठ, पाल्पा –

पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटनामा परी बाह्र जनाकाे मृत्यु भएकाे छ। शुक्राबार बिहान ९ बजे रम्भा गाउँपालिका–४, होमिनमा बस दुर्घटनामा परेको हो।

लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको भ्रमणटोली सवार लु१ख ९७५ नम्वरको बस दुर्घटना हुँदा बाह्र जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख डिल्लीराज पन्तले बताए। उनका अनुसार दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन्। घाइतेको लुम्बिनि मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

उद्दारका लागि प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकाल सहितको टोली घटनास्थल तर्फ गएको छ। जिपलाई साइड दिने क्रममा गएरातिदेखि परेको पानीका कारण कम्जोर बनेको सडक भासिदा बस सडकबाट दुई सय मिटर तल खसेको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

२०७५ जेठ १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: