Sat. Jul 5th, 2025

विश्व विजेता जर्मनी अस्ट्रियासँग पराजित

२० जेठ,  धादिङ –

विश्वकप अघिको मैत्रिपूर्ण खेलमा अष्ट्रियासँग जर्मनी पराजित भएको छ । गएको सेप्टेम्बरमा खुट्टा भाँचिएपछि पहिलो पटक मैदानमा उत्रिएका मानुयल नेयुर उपस्थित खेलमा अष्ट्रियाले जर्मनीसँग २–१ को जित हात पार्‍यो

पहिलो हाफमा एक गोलले पछि परेको अष्ट्रियाले दोस्रो हाफमा दुई गोल गर्दै कमब्याक गरेको थियो । ११ औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफभरी सोही अग्रता कायम राख्न सफल जर्मनीविरुद्ध ५३ औं मिनेटमा मार्टिन हिन्टेरेगरले गोल गर्दै खेल बराबरीमा पर्याए । ६९औं मिनेटमा अलेसान्द्रो स्कुफले गोल गरेपछि खेलमा अष्ट्रियाले २–१ को अग्रता लियो । त्यसपछि गोल हुन नसक्दा जर्मनी पराजित हुन पुग्यो । जर्मनीविरुद्ध अष्ट्रियाको ३२ वर्षमा पहिलो जित हो ।

२०७५ जेठ २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: