Sat. Jul 5th, 2025

दार्खामा नेतृत्व विकास तालिम सम्पन्न

२० जेठ,  धादिङ

युवाहरुमा नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गराउनको लागि दार्खामा उद्घोषण तथा नेतृत्व विकास तालिमको आयोजना गरिएको छ ।

डाइनामिक मिडिया टेक्नोलोजीकोको आयोजना तथा खनियावास गाउँपालिकाको सहयोगमा दार्खामा भएको तालिममा ५७ जना युवा युवतीको सहभागीता रहेको थियो ।
सकारात्मक काम गर्नको लागि युवाहरुलाइ गाउँ समाजमा कसरी अघि बढ्ने, नेतृत्व विकास कसरी गर्ने, सामाजिक सद्भाव कसरी कायम राख्ने भन्ने विषयमा तालिमका मुख्य प्रशिक्षक दीपक कोइरालाले सहभागीहरुलाइ सहजीकरण गरेका थिए ।

साविकको दार्खा गाउँ विकास समितिका ३५ जना महिला र २२ जना पुरुषहरुले सहभागीता जनाएको ३ दिने तालिम संचालन गर्नको लागि युकेमा रहेका चोक बहादुर तामाङ, हरिसिं गुरुङ र ब्रुनाइमा रहेका बेद बहादुर गुरुङले पनि सहयोग गरेको तालिमका सहजकर्ता मरिचमान तामाङले जानकारी दिए ।
खनियावास गाउँपालिका अध्यक्ष रण बहादुर तामाङले तालिमका सहभागीहरुलाइ प्रमाणपत्र वितरण गरेर तालिम समापन गरेका थिए ।

२०७५ जेठ २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: