
२१ जेठ , धादिङ –
धादिङ जिल्ला भित्र पर्ने पृथ्वीराजमार्गमा संचालित होटलहरुको अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालको नेतृत्वमा गएको टोलीले राजमार्गमा संचालित होटलहरुको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा बिना अनुमती होटल संचालन गरिएको र होटलको सरसफाइमा ध्यान नदिएको भेटिएको छ । अनुगन गरिएका होटलले व्यवस्थापकीय पक्षलाई ध्यान दिर्दै आएता पनि यात्रु मैत्री वातावरण, मूल्य, सरसफाई युक्त बनाउन नियमित र प्रभावकारी अनुगमन गरिने बताए ।
जिल्ला प्रशासन कार्यालय धादिङले राजमार्ग क्षेत्र र सदरमुकाम धादिङबेसीमा संचालित होटल व्यवसायको नियमित अनुगमन गर्दै आइरहेको छ । नियमित अनुगमन गर्ने क्रममा होटलहरु व्यवस्थापकीय पक्षमा क्रमिक सुधार भईरहेकोे भएपनि भान्छा कोठाको सरसफाई कमी, मूल्य सुचि नभएको, भएकोमा पनि अस्पष्ट रहेको र म्याद गुज्रेको सामान बेच्न राखिएको पाइएको छ ।
होटलको ल्किन अभियानका क्रममा यसको व्यवस्थापन तथा सुधार गरिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बतााए । अनुगमन कार्य अभियानकै रुपमा संचालन गर्नेछौँ, प्रजिअ पाण्डेले भने, ‘इजाजत नलिई संचालन गरेका होटल, व्यवसायलाई कारबाही गर्नेछौँ ।’
२०७५ जेठ २१ गते प्रकाशित