
२२ जेठ, धादिङ –
विश्व बातावरण दिवसको अवसरमा धादिङमा पनि वृक्षारोपण गरीएको छ ।
मान्छेलाई प्रकृतिसँग नजिक पार भन्ने नाराका साथ विश्व वातावरण दिवस मङ्गलबार मनाईएको छ । दिवसका अवसरमा धादिङको विभिन्न सरकारी कार्यलय परिसरमा वृक्षारोपण गरीएको हो ।
गृह मन्त्रालयबाट लेखी आए बमोजिम एक कर्मचारी एक फलफूल बिरुवा वितरण कार्यक्रम अन्तर्गत यस जिल्लामा कार्यालय प्रमुखको बैठकको निर्णय अनुसार जिल्लाको हावापानी र माटो सुहाउँदो आँप, कागती र अम्बा जातका फलफूलका बिरुवा हरु वृक्षारोपण गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय, जिल्ला बन कार्यालय र निलकण्ठ नगरपालिकाको सहयोगमा खरिद गरी संलग्न सूचि बमोजिमका विरुवा सम्बन्धित कार्यालय परिसरमा वृक्षारोपण गरिएको साहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकरी दिए ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्सेनि मनाउन थालिएको हो ।
२०७५ जेठ २२ गते प्रकाशित