Fri. Jul 4th, 2025

नारायणगढ–मुग्लिन सडक बन्द नहुने, पहिलो तहको कालोपत्रे सकियो


२३ जेठ, चितवन –

सडक विस्तारका लागि दिउँसो आवागमन रोकिएको नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट २४ सै घण्टा संचालनमा आएको छ । सडक निर्माणको कामलाई तिब्रता दिन माघ १३ गतेबाट दिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यसअघि पनि पटक–पटक दिउँसो र रातको समयमा गाडी रोकेर काम गरिएको थियो । सडकखण्डमा पहिलो तहको कालोपत्रे गर्ने काम सकिएकाले आजदेखी सडक नियमित हुने आयोजनाले जनाएको छ ।

दोस्रो तहको कालोपत्रे केहिदिन भित्रै र तेस्रो तहको कालोपत्रे यही आर्थिक बर्षभित्र सक्ने तयारी अयोजनाको छ । तीन खण्डमा ठेक्का लगाएर काम थालिएको सडकमा हिजो पहिलो तहको कालोपत्रेको काम सकिएको आयोजनाका सूचना अधिकृत शिव खनालले जानकारी दिए । आँपटारीदेखि मुग्लिनसम्मको ३३.२ किलोमिटर लामो सडकखण्डमा बाँकी रहेको ६० मिटर कालोपत्रेको काम सकिएको हो ।

हालसम्म आयोजनाको ९१ प्रतिशत काम सकिएको छ । बाटोमा कुनै अवरोध नभए अब ३५ मिनेटमा यो सडकखण्ड पार गर्न सकिने पनि खनालले जानकारी दिए । ठूला ट्रक र बसलाई भने सडक पार गर्न ४५ देखि ५० मिनेट लाग्नेछ । मोटरसाइकलमा यात्रा गर्नेले ३५ मिनेटमै सडक पार गर्न सक्छन् ।

२०७५ जेठ २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: