Fri. Jul 4th, 2025

गोरे, खत्री, भुजुङ र बाङ्गेललाई काठमाडौं ल्याइदै

२८ जेठ, काठमाडौं

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणि उप्रेती गोरे, एसएसपी श्याम खत्री, भुजुङ गुरुङ, छिरिङ वाङ्गेल घलेलाई काठमाडौं ल्याइने भएको छ।

घटना छानविन गर्न गठित समितिले थप अनुसन्धानका लागि उनीहरुलाई काठमाडौं पठाउन माग गरेकोमा जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिएको हो।

चारै जनालाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण लगायतका अन्य विषयमा अनुसन्धान गरिने स्रोतले बताएको छ। यसैगरी फरार रहेका अभियुक्त मोनकुमार अग्रवाल (एमके)लाई सम्पति शुद्धीकरणमा मुद्दा चलाइने छानविन समितिले जनाएको छ।

२०७५ जेठ २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: