Sat. Jul 5th, 2025

धादिङमा छाडा कुकुरको बन्ध्याकरण थालियो

३ असार,  धादिङ –

धादिङमा कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको छ । सामुदायिक कुकुरहरुको संख्यालाई मानविय तरिकाबाट ब्यवस्थापन गर्नका लागि बन्ध्याकरण थालिएको हो ।

धादिङमा पहिलो पटक सूरु गरिएको यो अभियानमा सदरमुकाम क्षेत्रमा रहेको सयौ सामुदायिक र घरपालुवा कुकुरहरुको बन्ध्याकरण गरिएको छ । यसका साथै कुकुरहरुमा हुने अन्य रोगहरुका औषधी उपचार समेत गरिएको छ ।

पशु सेवा कार्यालय धादिङ र नीलकण्ठ नगरपालिकाको संयुक्त पहलमा छाडा छाडिएका कुकुरहरुको बन्ध्याकरण गरी रेविज विरुद्धको सुई लगाउन थालिएको हो । छाडा छाडिएका कुकुरहरु बजार क्षेत्रमा दिनदिनै बड्दै जानथालेका कारण मानव वस्तिमा सास्या उत्पन्न हुन भएपछी यस्तो कामको सुरुवात गरेकोहो ।

छाडा छाडेका कुकुरहरुका कारण नगरपालीकामा समस्या उत्पन्न हुन थालेको र सोको नियन्त्रणका लागी कुकुरलाई मार्न नपाईने भन्दै पशु अधिकार कर्मीहरुले आवाज उठाउन थाले संगै वैज्ञानकी तरिकाले मानविय ब्यवहारबाट कुकुरको ब्यवस्थापनका लागी यस्तो अभियान चलाईएको नगरपालीकाले जनाएको छ ।

जिल्लाको बजार क्षेत्रमा ग्रामिण भेकबाट मानिसहरुसंगै आएका कुकुरहरु छलिएर बजारमा नै बस्ने र त्यसले मान्छेहरुलाई टोक्नुका साथै अन्य रोगहरु सार्ने भएको भन्दै त्यसबाट बच्नका लागी औषधी उपचार र रेविज विरुद्धको सुई लगाएकोपशु चिकित्सकको भनाई छ ।

सामुदायिक कुकुरहरुको नियन्त्रणका लागी नीलकण्ठ नगरपालीकाले कुकुरहरुकोऔषधी उपचार सहित बन्ध्याकरण शिविर नै संञ्चालन गरेको छ ।

बजारमा रोगी कुकुरहरु अत्याधिक मात्रामा आउन थाले पछी त्यसबाट मानिसहरुमा सर्न सक्ने रोगको सम्भाव्यतालाई रोक्नका लागि यो अभियान सहयोगी हुने नगरपालीकाको भनाई छ ।

२०७५ असार ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: