Sat. Jul 5th, 2025

निशुल्क द्धन्त शिविर धादिङवेशीमा

३ असार,  धादिङ –

निशुल्क तीन दिने द्धन्त शिविर कार्यकम धादिङबेशीमा सम्पन्न गरेको छ ।   कोल्फिड फाउण्डेसन नेपालको संयोजकत्वमा भोलेन्टिएर फर रोमनियाको टिमले तीन दिने निशुल्क दन्त शिविर संचालन गरेको थियो ।जिल्ला अस्पताल धादिङमा संचालन भएको दन्त शिवीरमा तीन सय भन्दा बढि सेवाग्राहीले सेवा लिएका छन् ।

समापन कार्यक्रममा बोल्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुङगानाले विगतका वर्षदेखि नै जिल्लाका विभिन्न स्थानमा सेवा गरेको भन्दै आगामी दिनमा पनि सहयोगको लागी आग्रह गरेका छन् ।

कार्यक्रममा शिवीरमा खटिएका स्वास्थ्यकर्मी तथा आयोजक टिमलाई प्रमाण पत्र वितरण गरेका थिए ।उक्त संस्थाले नीलकण्ठ नगरपालिका वडा नं ८ रामकोटस्थित रनदेवी आधारभुत विद्यालयलाई कम्प्युटर साथै शैक्षिक सामग्री बितरण गरेको छ ।

२०७५ असार ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: