Sat. Jul 5th, 2025

पोखरामा यति एयरको जहाज धावनमार्गमा चिप्लियो

३ असार, पोखरा

पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगिएको छ ।काठमाडौंबाट आएको जहाज अवतरण गर्ने क्रममा हाइड्रोलिक फेल भएपछि धावन मार्गबाट घाँसे मैदानमा पुगेको हो ।

यति एयरको नाइन एन एएचयुको कलसाइन भएको उक्त जहाजमा रहेका चालक दल र २० जना यात्रु सकुशल छन् ।काठमाडौंबाट प्राविधिक बोलाएर जहाजमा देखिएको समस्या पहिचान गर्ने यति एयरलाइन्सले जनाएको छ ।

२०७५ असार ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: