Sat. Jul 5th, 2025

प्रधानमन्त्री ओली ११९ जनाको टोलीसहित चीन प्रस्थान

५ असार, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान ९ बजे ११९ जनाको टोलीसहित चीन प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने छन्। ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रमहरु पनि रहेका छन्।

भ्रमणका क्रममा रेलमार्ग, विभिन्न सडक करिडोर निर्माण, ऊर्जा, जलस्रोत, पुननिर्माणका विषयमा दुई देशबीच सहमति हुने बताइएको छ ।

२०७५ असार ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: