Sat. Jul 5th, 2025

प्रदेश ३ : कर गैरकर राजस्व सम्बन्धी विधेयक छलफल हुने


७ असार, हेटौडा –

प्रदेश ३ को प्रदेशसभा आज पनि बस्दैछ । बैठकमार्फत कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि समितिमा पठाउने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि सरकारले हिजो विनियोजन विधेयक र आर्थिक बर्ष २०७५/७६ को शीर्षक तथा स्रोतगत व्यय अनुमानको विवरण प्रदेश सभामा पेश गरेको थियो।

यसैबीच विनियोजन विधेयक माथिको छलफल भने आज नहुने भएको छ । बिनियोजन विधेयकमा योजनाहरुको सूची समावेश नगरी व्यय अनुमानको विवरण मात्रै समावेश गरेको भन्दै प्रमुख विपक्षी दल कांग्रेसले विरोध जनाएपछि छलफल रोकिएको हो ।

सरकारले असार १ गते प्रस्तुत गरेको राजस्व तथा व्ययको अनुमानमाथिको छलफल सकिएर विनियोजन विधेयक प्रस्तुत हुँदा समेत योजनाहरुको सूची नल्याएको भन्दै कांग्रेसले विरोध जनाएपछि छलफल स्थगित गर्न सत्तापक्ष सहमत भएका थिए । सरकारले भने विनियोजन विधेयक पारित भएपछि मात्रै योजनाहरुको सूची पेश गर्ने तयारी गरेको थियो ।

२०७५ असार ७ गते प्रकाशित

 

 

About The Author

अन्य समाचारहरु: