Sat. Jul 5th, 2025

पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो खस्दा कार पुरियो

१३ असार, धादिङ –

पृथ्वी राजमार्गको कृष्णभिरमा पनि पहिरो खसेको छ । पहिरोले एउटा कार पुरेको छ भने पहिरोमा एउटा जीप फसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धादिङ बेनिघाट रोराङ गाउँपालिका ७ मा पर्ने कृष्णभीरमा बुधबार राति लेदो माटोसहितको पहिरो खसेको हो ।

पहिरोमा बा १२ च ३८२१ नम्बरको कार आधा पुरिएको छ भने बा १३ च ५९८३ जीप फसेको छ । पहिरो पन्छाउने काम भइरहेको छ ।

देशकै प्रमुख राजमार्ग पृथ्वी राजमार्ग र त्यसमा जोडिएको नारायणगढ–मुग्लिन सडकमा पहिरोको जोखिम धेरै रहेको यस अघि नै प्रतिवेदन सार्वजनिक भइसकेको छ ।

२०७५ असार १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: