

१४ असार, धादिङ –
धादिङको थाक्रे गाउँपालिका वडा नं २ सिम्ले बजारमा विदेशी मुद्रा ४० हजार सहित एक जनालाई पक्राउ गरिएके छ ।
पक्राउ पर्नेमा नवलपरासीको सरावल गाउँपालिका ३ बस्ने २८ वर्षी आनन्दप्रसाद कलवार रहेको प्रहरीले जानकारी दिएको छ ।
विहिबार नियमित चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो । पक्राउ गरिएका सरावललाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
२०७५ असार १४ गते प्रकाशित