Sat. Jul 5th, 2025

गजुरीका जनप्रतिनिधिलाइ प्रशिक्षण

असार १५ । गजुरी (धादिङ) :

संघिय संरचना अनुसार स्थानीय तहबाट जनताको लागि प्रवाह गरिने सेवा सुविधाहरु गाउँ गाउँका वडा कार्यलयबाट सुरु भएको १ वर्ष नाघिसकेको छ । तर पनि निर्वाचित भएर आएका जनप्रतिनिधिहरुबाट जनतालाइ कसरी छिटो छरितो र सहज ढङ्गबाट सेवा प्रवाह गर्न सकिन्छ भनेर अल्मलमल नै भइरहेका बेला गजुरी गाउँपालिकाका जनप्रतिनिधिहरुको लागि तालिम आयोजना गरिएको छ ।

जिल्ला समन्वय समितिको संयोजनमा तालिमको आयोजना गरिएको हो । तालिममा गाउँपालिकाका वडा अध्यक्षदेखी वडा सदस्यहरु सम्मको लागि सहभागीता गराइएको र उनीहरुलाइ ३ दिनको अवधिमा गाउँ सरकार संचालन गर्ने विषयमा तालिम प्रदान गरिने जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपालले बताए । तालिममा सहायक प्रमुख जिल्ला अधिकारी द्योलकराज ढकाल, आवाज अभियान नेपालका केशव दुवाडी, जिल्ला समन्वय अधिकारी बलराम ढकालले लगायतले प्रशिक्षण दिनुहुनेछ ।

प्रशिक्षणमा वडा समितिका काम कर्तब्य अधिकार, सिफारिस गर्न पाउने क्षेत्रहरु, योजना तर्जूमाको प्रक्रिया र चरणहरु, बजेट विनियोजन कार्यन्वयन र अनुगमनका विषयहरु, नेतृत्व विकास, सकारात्मक सोच, आयोजना कार्यनवयन, उपभोक्त समितिको गठन तथा परिचालन, संघिय संरचनाको तहगत ब्यवस्था तथा समग्र विकास र निर्माणमा वडा समितिको काम कर्तब्यबारे जानकारी गराइने छ । शुक्रवार उद्घाटन भएको तालिम जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपालले उद्घाटन गरेका थिए ।

About The Author

अन्य समाचारहरु: