Sat. Jul 5th, 2025

धादिङको धार्के बजारमा फुटपाथ निर्माणको कार्य तीब्र


१६ असार, धादिङ –

जिल्लाको धुनीबेसी नगरपालिका – ६ धार्के बजारमा फुटपाथ निर्माणकोे कार्य तीब्र गरिएको छ । पृथ्वी राजमार्गमा पर्ने यस क्षेत्रमा पैदलयात्रु, सवारी साधन प्रयोगकर्ता, सवारी चालक तथा बालबालिका, सडक दुर्घटना र स्थानीयको चापलाई मध्यनजर गर्दै धुनीबेसी नगरपालिकाले फुटपाथ निर्माण कार्य गरेको हो ।

सडकको दायाँ बायाँ ४र४ सय मिटर सडक पेटीमा फूटपात निर्माण गरिएको छ । सडकको दायाँ र बायाँ इन्टरलग ब्लक राखिएको छ । सडक सिमाबाट १३ मिटरको दुरी भित्र ६ फिटको फुटपाथ बनाउने गरी काम भइरहेको नगरपालिककाका इन्जिनियर नवराज श्रेष्ठले जनाएको छ ।

फूटफाथ बनाउने कार्य सकिए लगत्तै सडकमा सौयबत्ती र सिसिटिभी जडान गर्ने नगरपालिकाले जानकारी दिएको छ ।  नगरपालिकाको व्यस्त मानिने बजार धार्केमा फुटपाथको निर्माणले सडक दुर्घटना न्युनिकणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

२०७५ असार १६ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: