
१६ असार, धादिङ –
नेपाल आइडलको उत्कृष्ट नौमा पर्न सफल भएकी गायिका सन्ध्या जोशीको ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ ।
कादम्बरी दाना श्रेष्ठले रचना गरेको यस गीतमा सन्ध्याले स्वर दिएकी हुन् । गीतमा शंकर थापाले संगीत भरेका छन् भने एरेन्ज उद्धवराज पौडेलले गरेका हुन् ।
गीतको भिडियोमा गायिका जोशी स्वयम्ले अभियन गरेकी छिन् ।
सन्ध्याले अघिल्लो शुक्रबार मात्र गीत ‘मिर्मिरे’ सार्वजनिक गरेकी थिइन् ।
हेर्नुस् भिडियोस्
२०७५ असार १६ गते प्रकाशित