
१८ असार, काठमाडौं
सांसदहरुले सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले डा. गोविन्द केसीको अनसन, माइतीघर मण्डलामा प्रदर्शनमा रोक लगाउने सरकारी निर्णय लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद भरतकुमार शाहले जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई धरपकड गरेको घटनाप्रति घोर आपत्ती जनाए । केसीलाई अध्याँरो कोठामा राखिएको भन्दै उनले प्रजातन्त्रलाई कुण्ठित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराए ।
२०७५ असार १८ गते प्रकाशित