Sat. Jul 5th, 2025

विश्वकप फुटबलमा बाजी खेलाउने ३ जना पक्राउ

१९ असार, काठमाडौं  –

विश्वकप फुटबलका विभिन्न खेलमा सट्टेबाजी खेल खेलाउने ३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर-१५ को बज्र होटल नजिकै विश्वकप फुटबलको हारजितमा बाजी लगाउने काठमाडौंका प्रकट महर्जन, रेजिन महर्जन र सुजेन महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ६ लाख ९९ हजार रुपैँया नगद र ४ थान मोबाइल पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

२०७५ असार १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: