Sat. Jul 5th, 2025

धादिङका सांसद डा. अधिकारीलाई नबिल विज्ञान तथा प्रविधि पुरस्कार


२० असार, धादिङ –

 

धादिङको क्षेत्र नं २ (क) का प्रदेश सभा सांसद डा. रामकुमार अधिकारीलाई नबिल विज्ञान तथा प्रविधि पुरस्कार प्रदान गरिएको छ । विभिन्न ठाउँमा  रहेर विज्ञान तथा प्रविधि विकासमा मद्दत पु¥याए बापत पुरस्कार प्रदान गरिएको हो ।

डा. अधिकारीलाई विश्वका ७३ देशहरूका करिब डेढ अर्ब जनसंख्यालाई असर पार्दै आएको मानव स्थायी अपाङ्गताको प्रमुख कारकमध्ये एक lymphative filariasis (LF) रोग ल्याउने जीवाणु Wucheretria bancrofti (WB) को आनुवांशिक अध्ययन र यस रोगको निराकरण गर्न बाधा तत्वहरुको पहिचान सम्बन्धी अनुशन्धान गरी योगदान पु¥याएको भन्दै पुरस्कार प्रदान गरेको हो । डा. अधिकारीले महाराजगन्ज मेडिकल कलेजमार्फत विभिन्न अध्ययन र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको प्रयोगशाला उपयोग गरेका थिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले खुमलटारस्थित कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा देशका विभिन्न भागमा रहेर विज्ञान प्रविधिका क्षेत्रमा योगदान दिने व्यक्तिहरु पुरस्कृत भएका हुन् ।

सो अवसरमा तथा प्रविधि प्रज्ञा पुरस्कार डा महेशकुमार अधिकारी, विज्ञान पुरस्कार डा सोमनाथ सोपकोटा र प्रविधि पुरस्कार डा हेमराज पन्तले प्राप्त गरे ।  नास्टले विज्ञान तथा प्रविधि पुरस्कार डा नारायणप्रसाद गैरे, डा विष्णुप्रसाद पाण्डे, डा प्रमोद पौडेल, डा दीपनारायण शाह र प्रेम सिंह साउद गरेर पाँच जनालाई संयुक्त रुपमा प्रदान गरेको छ ।

प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार रोबोटिक्स क्लब, पुल्चोक र सुरेश भट्टराईले प्रदान गरे। दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार प्रतिक्षा चालिसे र रोशन नेपालले प्रदान गरे । नास्टले विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार लक्ष्मण डंगोललाई प्रदान गरेको छ ।

नबिल विज्ञान तथा प्रविधि पुरस्कार डा मुकेशकुमार चालिसे, डा अमरप्रसाद यादव र डा रजनी मल्ललाई प्रदान गरिएको छ । नास्टले फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार मोहन महतो, मोहनध्वज बस्नेत प्रज्ञा पुरस्कार ऊर्जा अध्ययन केन्द्र, इञ्जिनियरिङ अध्ययन संस्थानलाई प्रदान गरेको छ । यस वर्षका भुवनेश्वर प्रविधि पुरस्कार हिमालयन ब्रिक प्रालि र जीतबहादुर नकर्मी धातु प्रविधि पुरस्कार भोजपुरस्थित उर्मिला आरन उद्योगले प्राप्त गरेका छन् ।

२०७५ असार २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: