
२० असार, धादिङ –
करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु भएको छ ।
नीलकण्ठ नगरपालिका –३, बस्ने ५० वर्षीय अर्जुनकुमार श्रेष्ठको मृत्यु भएको हो ।
बुधबार बिहान नीलकण्ठ नगरपालिका वडा नं ४ स्थित रायटारमा निर्माणाधिन घरमा पानी लगाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
२०७५ असार २० गते प्रकाशित