Wed. May 14th, 2025

आँचललाई पाउन दुई युवाको दिए निवेदन (हेर्नुहोस् भिडियो)

२२ असार, धादिङ–

नायिका आँचल शर्मा नेपाली चलचित्र क्षेत्रमा जति चर्चित छन् त्यति नै म्यूजिक भिडियोमा पनि छन् । उनि अभिनित प्रायः भिडियो सफल छन् । यसै मेलोमा आँचल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गुणराज श्रेष्ठको स्वर रहेको छ भने बि. पाण्डेका शब्दमा सुवास भुषालले संगीत दिएका छन् । उदयराज पौडेल एरेन्जर हुन् ।

यूट्युबमा सार्वजनिक “निवेदन” बोलको गीतको भिडियो रमाईलो छ । दुई व्यापारी युवाहरु नायिका आँचललाई देखेपछि उनलाई आफ्नो जीवनमा प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छन् । भिडियोमा कसैलाई प्रेम गर्नेको भावनासँग पैसाको खेल खेल्ने मानिस पनि हुन्छन् भन्ने संकेत दिईएको छ । आँचललाई मिलाईदिन्छु भन्दै निवेदन लेखिदिएर पैसा असुलेको रमाईलो दृश्य पनि भिडियोमा देख्न पाईन्छ ।

विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आँचलको साथमा गुणराज र राजेशको अभिनय छ । भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ । अनिल के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

भिडियो

२०७५ असार २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: