Sat. Jul 5th, 2025

धादिङको वेनिघाटमा दुई सवारी ठोक्किदाँ ५ जना घाईते

२२ असार, धादिङ–

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको वेनिघाट रोराङ गाउँपालिका ३ गोमतीपुलमा ट्रक ठोक्किदाँ ५ जना घाईते भएका छन् ।

भैरहवाबाट काठमान्डौ तर्फ जाँदै गरेको ग १७ त ३९४६ नम्वरको ट्रक र विपरीत दिशावाट आउँदै गरेको ना ५ ख ३९४६ नम्वरको ट्रक ठोक्किदाँ दुर्घटना भएको हो ।

दुर्घटना घाईते हुनेमा थाक्रे गाउँपालिका २ का ४५ वर्षीय खोप वहादुर तामाङ , वेनिघाट ७ की २७ वर्षीय सुमीत्रा सुनार , सोहि स्थान वस्ने सुमीत्रा दुधराज , ट्रक चालक चितवन खुरखुरेका ५१ वर्षीय नानीवावु सिलवाल र ईन्डियन ट्रक चालक ३२ वर्षीय सहित पुरेदी रहेका छन् ।

दुर्घटनामा घाईतेलाई राजमार्ग सामुदायिक अस्पतालमा उपचार भईरहेको र २ जनाको गम्भिर अवस्था भएकोले काठमान्डौ लगिएको जिल्ला प्रहरी कार्यलय गजुरीले जनाएको छ ।

२०७५ असार २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: